वाम प्रार्थीको समर्थनमा अशोक भट्टाचार्यद्वारा सिलगढीको 24 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगमको 24 नम्बर वार्डका वाम प्रार्थी इन्द्रजीत चन्दको समर्थनमा आज वाम नेता अशोक भट्टाचार्यले चुनाउ प्रचार गरे। सिलगढीको 24 नम्बर वार्डमा भाजपा प्रार्थी शङ्कर घोषको विरुद्धमा वाम प्रार्थी इन्द्रजीत चन्दले नगरनिगम चुनाउ लडिरहेका छन् भने इन्द्रजीत चन्द र शङ्कर घोष दुई साथी हुन्। वाम नेता अशोक भट्टाचार्यले आज 24 नम्बर वार्डको देवाशीष कोलनीको घर-घरमा गएर वाम प्रार्थी इन्द्रजीत चन्दको समर्थनमा चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनले उक्त इलाकाका मानिसहरूसित कुराकानी गर्नको साथै तिनीहरूको विविध समस्याहरू सुने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *