सिलगढी : सिलगढी नगरनिगम चुनाउमा 45 नम्बर वार्डका वाम प्रार्थी नुरूल इस्लामले कोरोना प्रोटोकललाई पालन गर्दै आज घर-घरमा गएर चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि नुरूल इस्लामले वार्डका मानिसहरूसित कुराकानी गर्दै आफ्नो पक्षमा मतदान गर्ने अपील पनि गरे। यसको साथै तिनले वार्डका मानिसहरूको विविध समस्या तथा गुनासोहरू सुने। स्मरण रहोस्, नरूल इस्लामले सिलगढीको 45 नम्बर वार्डबाट दोस्रोपल्ट नगरनिगम चुनाउ लडिरहेका छन्। यसभन्दा अघि तिनले वर्ष 2015-मा यस वार्डबाट चुनाउ लड़ेर विजयी पनि बनेका थिए। तिनले आफ्नो राजनीतिक करियर 1994 बाट शुरू गरेका थिए भने तिनले सिलगढीको केही वार्डबाट चुनाउमा खडा भएर जीत हासिल गरेका थिए। चुनाउ प्रचार अवधि तिनले गत पाँच वर्षमा तिनले वार्डमा सड़क, नाली, नानीहरूलाई खेल्नको लागि पार्क आदि जस्ता विकासको कार्य गरेको बताए। पीडब्ल्युडीको जमिनमा बसोबास गर्दै आइरहेका मानिसहरूलाई जमिनको पट्टा दिइनुपर्ने माग गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरे तापनि हालसम्म त्यसको कुनै जवाफ नआएको तिनले बताए। यसैले यसपल्टको चुनाउमा जीत हासिल गरेपछि यी सबै मुद्दहरूको समाधान गरिदिने तिनले आश्वासन पनि दिए। गत केही महीनादेखि वार्डको मानिसहरूलाई जुन समस्याहरू भइरहेको छ त्यसको जिम्मेवार वर्तमान तृणमूल कङ्ग्रेसको प्रशासनिक बोर्ड रहेको तिनले आरोप लगाउँदै प्रशासनिक बोर्डले नागरिक परिसेवा प्रदान गर्नमा पूर्ण रूपमा विफल रहेको बताए।
वाम प्रार्थी नुरूल इस्लामद्वारा सिलगढीको 45 नम्बर वार्डमा चुनाउ प्रचार

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
