वाम प्रार्थी नुरूल इस्लामद्वारा सिलगढीको 45 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगम चुनाउमा 45 नम्बर वार्डका वाम प्रार्थी नुरूल इस्लामले कोरोना प्रोटोकललाई पालन गर्दै आज घर-घरमा गएर चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि नुरूल इस्लामले वार्डका मानिसहरूसित कुराकानी गर्दै आफ्नो पक्षमा मतदान गर्ने अपील पनि गरे। यसको साथै तिनले वार्डका मानिसहरूको विविध समस्या तथा गुनासोहरू सुने। स्मरण रहोस्, नरूल इस्लामले सिलगढीको 45 नम्बर वार्डबाट दोस्रोपल्ट नगरनिगम चुनाउ लडिरहेका छन्। यसभन्दा अघि तिनले वर्ष 2015-मा यस वार्डबाट चुनाउ लड़ेर विजयी पनि बनेका थिए। तिनले आफ्नो राजनीतिक करियर 1994 बाट शुरू गरेका थिए भने तिनले सिलगढीको केही वार्डबाट चुनाउमा खडा भएर जीत हासिल गरेका थिए। चुनाउ प्रचार अवधि तिनले गत पाँच वर्षमा तिनले वार्डमा सड़क, नाली, नानीहरूलाई खेल्नको लागि पार्क आदि जस्ता विकासको कार्य गरेको बताए। पीडब्ल्युडीको जमिनमा बसोबास गर्दै आइरहेका मानिसहरूलाई जमिनको पट्टा दिइनुपर्ने माग गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरे तापनि हालसम्म त्यसको कुनै जवाफ नआएको तिनले बताए। यसैले यसपल्टको चुनाउमा जीत हासिल गरेपछि यी सबै मुद्दहरूको समाधान गरिदिने तिनले आश्वासन पनि दिए। गत केही महीनादेखि वार्डको मानिसहरूलाई जुन समस्याहरू भइरहेको छ त्यसको जिम्मेवार वर्तमान तृणमूल कङ्ग्रेसको प्रशासनिक बोर्ड रहेको तिनले आरोप लगाउँदै प्रशासनिक बोर्डले नागरिक परिसेवा प्रदान गर्नमा पूर्ण रूपमा विफल रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *