वन अधिकारी सञ्जय दत्तको पहलमा विभिन्न इलाकामा सेनिटाइज

राजगञ्ज: सालुगढा रेञ्ज अफिसर सञ्जय दत्तको सहयोगमा वन चिया बगान ईलाका लगायत विभिन्न स्थानहरूमा सेनिटाइज गरियो। यसको निम्ति फाराबारी हेल्प सोसाइटी नामक एउटा स्वयंसेवी संस्थाले सहयोग पुऱ्याएको थियो। प्राप्त जानकारी अनुसार वन अधिकारी सञ्जय दत्तको नेतृत्वमा तथा फाराबारी हेल्प सोसाइटीको सहयोगमा सालुगढा, फाराबारी, सरस्वतीपुर चिया बगान, निपानियाँ हाट लगायत आदिवासी इलाकामा आज सेनिटाइज गरियो। यसको साथै गाउँलेहरूलाई मास्क पनि वितरण गरियो। यसबारे वन अधिकारी सञ्जय दत्तले भने, आज वन लगायत विभिन्न आदिवासी इलाकामा सेनिटाइज गरियो। शहरमा विभिन्न संस्थानहरूको माध्यमद्वारा सेनिटाइज गरिए तापनि ग्रामीण ईलाकामा यस प्रकारको पहल नगरिएकोले गर्दा नै आज मास्क वितरण साथै सेनिटाइज गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *