बानरहाटको अप्पर केलाबारी बस्तीमा तृणमूल कांग्रेसको सभा

बानरहाट: बानरहाटको अप्पर केलाबारी बस्तीमा आज क्षेत्रीय स्तरको विविध समस्याहरुलाई लिएर तृणमूल कांग्रेसद्वारा तुलसा छेत्रीको अध्यक्षतामा सभाको आयोजना गरियो। उक्त सभामा मुख्य रुपमा नगरकट्टाका नव निर्वाचित अध्यक्ष मनोज मुण्डा, जलपाइगढी वन औ भुमी कर्माध्यक्ष गणेश एक्का, तृणमूल कांग्रेस जलपाइगढी जिल्ला कमिटी सदस्य प्रकास नार्जिनारी, नगरकट्टा ब्लक उपसभापति सबित लामा आदि उपस्थित थिए। सभामा यस क्षेत्रका 7 परिवारले सीपीआइएम दल त्यागेर तृणमूलमा सामेल भए। तिनीहरूलाई मनोज मुण्डा अनि गणेश एक्काले दलिय झण्डा दिएर आफ्नो पार्टीमा स्वागत जनाए। अप्पर केलाबारी बस्तीको पानीको समस्या, जमिनको पर्जापट्टाको समस्या, स्वस्थ्य, बाटो लगायत अन्य धेरै समस्याबारे ब्लक अध्यक्षलाई क्षेत्रवासीहरुले जानकारी गराएपछि यसबारे चाँडै स्थलगत निरीक्षण गरेर समाधानको निम्ति मुख्यमन्त्री ममता बेनर्जीसमक्ष पुर्याकउने मनोज मुण्डाले आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *