वनवासीहरूलाई साबुन र मास्क वितरण

राजगञ्ज : कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर आज राजगञ्ज बेलाकोवा रेञ्जर सञ्जय दत्त तथा वनकर्मीहरू सडकमा ओर्लिएका छन्। रेञ्जर दत्तले वन कर्मीहरूलाई साथमा लिएर राजगञ्जको करनारडुबी वनबस्ती पुगेर त्यहाँका मानिसहरूलाई साबुन र मास्क वितरण गरे। तिनले राजगञ्ज ब्लकमा लगभग 40 वटा वनबस्तीहरू रहेको बताउँदै हाल बजारमा सेनिटाइजर उपलब्ध नभएकोले गर्दा नै आज वनबस्तीवासीहरूलाई साबुन र मास्क वितरण गरेको बताए।


 


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.