वन विभागको खोरमा फस्यो वयस्क चितुवा

बानारहाट: डुवर्सको बानारहाट थाना अन्तर्गत पर्ने लखिपाडा चिया कमानको बीबी सेक्सन नम्बर 14 मा एउटा वयस्क चितुवा उद्धार गरिएको छ। चिया बगानमा चितुवा देखेपछि स्थानीय मानिसहरूले बन बिभागलाई यसबारे जानकारी दिएपछि वन बिभागले थापेको खोरमा एउटा चितुवा थुनामा परेको छ। वन बिभाग सुत्रद्वारा प्राप्त खबर अनुसार उक्त चितुवा विभागले थापेको खोरमा थुना परेको छ भने त्यसलाई प्राथमिक चिकित्सा गरेपछि जङ्गलमा छोडिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *