वनभोज खेल्न गएका युवक तीन दिनदेखि निखोज

राजगञ्ज : फुलबारी महानन्दा नदीमा वनभोज खेल्न गएका एकजना युवक निखोज भएका छन्। प्राप्त जानकारीअनुसार गत 23 जनवरीको दिन मतिगढाको तुम्बाजोत निवासी जुलेस दास चारजना साथीसँग फुलबारी महानन्दी नदीमा वनभोज खेल्न भनी घरबाट निस्केपछि फर्कि नआएको बताइएको छ। वनभोज अवधि तिनीहरूले मदपान गरेपछि जुलेसलाई त्यहीँ छोडेर तीनजना साथीहरू घर फर्किआएको परिवारका सदस्यहरूको आरोप रहेको छ। जुलेस नदीमा डुबे अथवा तिनीसँग कुनै अप्रिय घटना भएको हुनसक्ने आशंका गर्दै आज तिनका परिवारका सदस्यहरू फुलबारी महानन्दा ब्यारेज तिनको खोजी गर्न आइपुगेको बताइएको छ। परिवारका सदस्यहरूले फाँसीदेवा थानामा जुलेस निखोज भएकोबारे अभियोग दर्ता गर्नको साथै निखोज भएको तीन दिन बितिसक्दा पनि तिनको कुनै पत्तो नलागेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *