वनभोज खेल्न गएका छात्रको शव उद्धार

मालदा : मालदाको कालियाचक थाना अन्तर्गत पर्ने डाङ्गा मोड़ इलाकामा बाह्रौँ श्रेणीको एकजना छात्रको खुनले लतपत अवस्थामा शव उद्धार भएको छ। मृतक 18 वर्षीय सायन ममीनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आइतबार दिउँसो सायन वनभोज खेल्नको लागि केही साथीहरूसँग घरबाट निस्केपछि फर्किनआएको बताइएको छ। सोमबार बिहान स्थानीय मानिसहरूले खुनमा लतपत अवस्थामा तिनको शव देखे। सायनको शरीरको विभिन्न अङ्गमा धारिलो हतियारले प्रहार गरेको निशान रहेको बताइएको छ। घटनाको खबर पाएर कालियाचक पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *