वन विभागद्वारा अवैध काठलगायत साइकलहरू जफत

कालचिनी: डुवर्सको विभिन्न क्षेत्रहरूमा हाल काठ तस्करी विरूद्ध वन विभागले लगातार अभियान चलाइरहेको बताइएको छ। यसैक्रममा गोप्य सूत्रको आधारमा अभियान चलाएर हेमिल्टनगञ्ज रेञ्ज वन विभागले कालचिनी क्षेत्रको हेमिल्टनगञ्ज लिचु बागान इलाकाबाट लगभग 40 सीएफटी अवैध काठलगायत साइकलहरू जफत गरेको छ। जफत गरेको काठको अनुमानित मूल्य लगभग एक लाख रूपियाँ रहेको छ। जफत गरेको अवैध काठलाई बाक्सा बाघ परियोजनाको हेमिल्टनगञ्ज रेञ्ज वन विभागमा ल्याइएको वनकर्मी सन्तोष कुमार साहाले जानकारी दिएका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *