वन विभागको तर्फबाट कोरोना योद्धाहरूलाई सम्वर्द्धना

जलपाईगढी : आज वन महोत्सवको अन्तिम दिन हो। यसको साथै आज स्वतन्त्रता दिवस रहेकोले गर्दा उक्त दिनलाई स्मरणीय बनाउने उद्देश्य लिएर जिल्ला वन विभागले एउटा विशेष पहल गरेको छ। वन विभागको तर्फबाट आज जलपाईगढी तीस्ता उद्यानमा एउटा कार्यक्रमको माध्यमद्वारा जिल्लाका कोरोना विजेता तथा कोरोना योद्धाहरूलाई सम्मान जनाइयो। यसको साथै कोरोना संक्रमित भएर मर्नेहरूको स्मरणमा रुखको विरुवा पनि रोपियो। यस अवसरमा जिल्लाशासक अभिषेक तिवारी, जिल्ला पुलिस अधीक्षक प्रदीप कुमार यादव, वन्य प्राणी विभागका वन अधिकारी निशा गोस्वामीविभागीय वन अधिकारी मृदुल कुमार, अञ्जन गुहलगायत अन्य वन अधिकारीहरू उपस्थित थिए। जलपाईगढी जिल्लाशासक अभिषेक तिवारीले बताएअनुसार कोरोना योद्धाहरूको उचित परिसेवाको कारण कोरोना महामारीसित लडिरहेका छौँ। यसैले ती योद्धाहरूको मनोबल बढाउने उद्देश्यले आज तिनीहरूलाई सम्मान जनाइएको हो। जलपाईगढी जिल्लाको उद्यान तथा कानन विभागका विभागीय वन अधिकारी अञ्जन गुहाले जिल्लाका सबै कोरोना योद्धाहरूलाई यस कार्यक्रममा सामेल गर्न सम्भव नरहेकोले गर्दा योद्धाहरूका प्रतिनिधिहरूलाई आमन्त्रित गरेर कोरोना योद्धाहरूको मनोबल बढ़ाउने उद्देश्य लिएर आज एउटा कार्यक्रमको माध्यमद्वारा तिनीहरूलाई सम्मान जनाइएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *