वन विभागको जमिनमा अवैध निर्माण, दखलमुक्त गर्न चलाइयो उच्छेद अभियान

सिलगढी : सिलगढी संलग्न छोटा फापरी, खुदीरामपल्ली लगायत अन्य केही ठाउँहरूमा धेरै दिन अघिदेखि अवैध रूपमा वन विभागको जमिन दखल गरेर त्यहाँ चियाको दोकान, सब्जीको खेती तथा बघैँचा बनाएर जमिन दखल गर्ने प्रयास गरिरहेको छ। वन विभागको तर्फबाट आज उक्त जमिनहरूलाई दखलमुक्त गर्न उच्छेद अभियान चलाइयो। प्राप्त जानकारी अनुसार बैकुण्ठपुर वन विभागको डाबग्रामको तर्फबाट आज विशाल वाहिनीलाई साथमा लिएर उक्त इलाकामा उच्छेद अभियान चलाइयो। जेसीबीको सहयोगमा उक्त इलाकाको अवैध सबै निर्माणहरू भत्काइदियो। स्मरण रहोस्, मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशपछि पुलिस प्रशासनले भू-माफिया लगायत अवैध रूपमा जमिन दखल गर्नेहरूविरुद्ध कठोर पदक्षेप ग्रहण गरिरहेको छ। यसै क्रममा आज सिलगढी संलग्न छोटा फापरी, खुदीरामपल्ली लगायत अन्य केही ठाउँहरूमा उच्छेद अभियान चलाइयो। बैकुण्ठपुर विभागको डाबग्राम रेञ्जका रेञ्जर श्यामा प्रसाद चाकलादारले बताएअनुसार फरेस्टको जमिन कसैले पनि अवैध रूपमा दखल गर्न पाउने छैन। ती जमिनहरूलाई दखलमुक्त गरेर त्यहाँ रुखको विरुवाहरू लगाइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *