वन विभागद्वारा हात्तीको शावकको शव उद्धार

अलीपुरद्वार (निसं):  दलगाँउ वन बस्तीको मुन्शी लाइनमा एउटा हात्तीको शावकको शव उद्धार गरेको छ। यसपछि इलाकामा यसलाई लिएर हडकम्प मच्चियो। जानकारी अनुसार आज बुधवार बिहान स्थानीय मानिसहरूले एउटा हातीको शावकको शव खेतमा देखेपछि यसबारे वन विभागलाई सूचना दिए। सूचना पाएर जल्दापाड़ा राष्ट्रीय उद्यानको सहायक वन्य जीव संरक्षक देवदर्शन राय लगायत वनकर्मीहरू घटनास्थलमा पुगे। वनकर्मीहरूले बताए अनुसार, लगभग 6 वर्षीय नर हात्तीको यो शव हो। के कारणले उक्त हात्तीको शावक मऱ्यो भन्नेबारे पोस्टमर्टम पछि मात्र थाहा लाग्ने छ। वनकर्मीहरूले उक्त शव उद्धार गरेर पोस्टमर्टमको लागि जल्दापाड़ा लगे।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *