बन्द अवधि सिलगढीको सडकमा क्रिकेट खेले विधायक अशोक भट्टाचार्यले

सिलगढी : कृषि बीलको विरोधमा आज देशभरिमै विभिन्न श्रमिक संगठनहरूले बन्दको आहवान गरेको छ। विभिन्न श्रमिक संगठनहरू लगायत राजनैतिक दलहरूले बन्दको समर्थन जनाएको छ। बन्द समर्थनकारीहरू आज बिहानैदेखि सिलगढी सहरको विभिन्न ठाउँको सडकहरूमा ओर्लिएका छन्। सिलगढीका विधायक अशोक भट्टाचार्य आज बन्दको समर्थनमा सडकमा ओर्लिएर यहाँको दलीय कार्यालय अनिल विश्वास भवन अघि बन्दको परिस्थितिमाथि नजर राखिरहेका छन्। बन्दको कारण सडकहरू खाली भएकोले विधायक तथा वामफ्रन्टका शीर्ष नेता अशोक भट्टाचार्य लगायत कार्यकर्ताहरूले सडकमा क्रिकेट खेलिरहेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *