बन्द अवस्थामा रहेको मिरिक कलेजको विद्यार्थीहरूद्वारा सर-सफाई

मिरिक : कोरोना महामारीलाई रोकथाम गर्ने उद्देश्यले लकडाउनको समयदेखि नै मिरिक कलेज बन्द रहेकोले आज कलेजका केही विद्यार्थीहरूले जुगल प्रधानको नेतृत्वमा कलेजमा सर-सफाई अभियान चलायो। बन्द अवस्थामा रहेकोले कलेज प्राङ्गणमा झारपात बढेर हिड्न नसक्ने अवस्थामा पुगेकोले सरसफाई अभियान चलाएको हो। लगभग 25 जना अध्ययनरत् विद्यार्थीद्वारा उक्त सर-सफाई अभियान चलाइएको साथै अझ अन्य विद्यार्थीहरूलाई सहभागी गराएर आगामी दिनमा फेरि सफाई अभियान चलाइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *