बन्द दलसिंहपाडा चियाकमानमा आगलागी 200 वटा चियाको गाछ नष्ट

अलिपुरद्वार : कालचिनी ब्लकको दलसिंहपाडामा बन्द चियाकमानमा अचानक आगलागी हुँदा 200 वटा चियाको गाछ नष्ट भएको छ। प्राप्त जानकारी अनुसार गत 4 महिनादेखि दलसिंहपाडा चियाकमान बन्द अवस्थामा रहेको छ। आज अपरान्ह कमानको 7 र 18 नम्बर सेक्सनमा आगो लागेको श्रमिक मोहल्लाका निवासीहरूले देखेपछि जयगाउँ दमकल केन्द्रलाई खबर दिए। घटनाको खबर पाएर दमकलको 3 वटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइयो। कमानका श्रमिक मोहम्मद साजुले बताएअनुसार के कारणले गर्दा उक्त आगलागी भएको हो भन्ने विषयमा थाहा लागेको छैन। श्रमिक मोहल्लाको अघि रहेको सेक्सनमा उक्त आगलागीको घटना घटेको भए ज्यान हानी जस्तो घटना घट्न सक्ने थियो। जयगाउँ थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *