बन्द धरनीपुर चिया कमानमा चार वर्षपछि श्रमिकहरूलाई जीआर राशन वितरण

नगरकटा: नगरकटा ब्लकको बन्द अवस्थामा रहेको धरनीपुर चिया कमानमा आज लगभग चार वर्षपछि श्रमिकहरूलाई जीआर राशन वितरण गरियो। उक्त राशन पाएपछि स्थानीय श्रमिकहरूमा खुशीको लहर देखियो। प्राप्त जानकारी अनुसार चिया कमानको कार्यालयमा प्रत्येक श्रमिकलाई 24 केजीको दरले राशन चामल वितरण गरियो। श्रमिकहरूले बताए अनुसार चिया कमान लगभग 20 वर्ष अघिदेखि बन्द अवस्थामा रहेकोले मानिसहरू आफैले कमान चलाइरहेका छन्। विगत 2016 देखि नै सरकारले जीआर राशन बन्द गरिदिएकोले सबैजना समस्यामा परेका थिए भने फेरि आज राज्यको तृणमूल सरकारले जीआर राशन वितरण शुरू गरिदिएको छ। राशन पाएपछि श्रमिकहरू घेरै खुशी हुनको साथै राज्य सरकारलाई तिनीहरूले धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *