बन्द धोतरिया कलेज भेल्ली चियाबारीको फौलाईको रहल रकम आउँदो सप्ताहमा दिइने

दार्जिलिङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रङ्गबुल धोतरिया जोन समितिका प्रतिनिधि अनि श्रमिक संगठनका मूल सचिव भरत ठकुरीले आज दार्जिलिङको सिंहमारीस्थित सह श्रम आयुक्तसित तिनकै कार्यलयमा भेट गरे। बन्द धोतरिया कलेज भेल्ली चियाबारीको निम्ति सरकारले विगत 2018 को मई महिनादेखि    अनुमोदन गरेको फौलाईको रहल रकम दसैँ अघि दिनुपर्छ भन्ने माग लिएर आज प्रतिनिधि टोलीले भेट गरेको बताइएको छ। उक्त भेटवार्तामा सह श्रम आयुक्तले आगामी सप्ताहभित्र तीन महिनाको फौलाईको रकम भुक्तान गर्ने जानकारी दिएको हिल तराई डुवर्स चिया प्लान्टेसन वर्कस युनियनका महासचिव भरत ठकुरीले पत्रकारहरूलाई जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *