बन्द दुधिया जुनियर हाई स्कूलको जनचेतना संघर्ष समितिद्वारा निरीक्षण

दार्जिलिङ: गोरामुमो जनचेतना संघर्ष समितिले खरसाङ नजिक दुधियामा भएको एक मात्र बन्द अवस्थामा रहेको जुनियर हाई स्कूलको निरीक्षण गरेपछि विगत 1995 देखि सञ्चालन भएको स्कूल जुलाई 2018-मा बन्द भएकोमा घोर बिरोध जनाएको छ। दुधियामा विगतमा तात्कालिन दागोपाप अध्यक्ष सुबास घिसिङले निर्माण गरेको स्कूललाई हेलचेक्र्याई गर्नु भनेको सरासर अन्याय हो भनी बताइएको छ। प्राप्त जानकारी अनुसार उक्त स्कूलमा 270 जना विद्यार्थीहरु अध्ययनरत् थिए भने विगत 2007 देखि पहाड़मा सत्ता परिवर्तन हुनको साथै पहाडमा जीटीए गठन भएपछि विद्यार्थीहरुको सङ्ख्या पनि घट्न थाल्यो। स्कूलमा मोठ 9 जना शिक्षकहरुमध्ये तीनजना भोलेन्टर शिक्षक थिए।


भर्खरै जीटीएले शिक्षक नियुक्तिको कार्य शुरू गरेपछि तिनीहरू सबैले अन्य ठाउँमा नियुक्ति पाएपछि दुधिया स्कूल बन्द भएको जनचेतना संघर्ष समितिले जनाएको छ। शिक्षकहरूले छोड़ेर गएपछि विद्यार्थीहरू अलपत्र परेको साथै स्कूललाई पुनः सञ्चालन गर्नको निम्ति सबै एकजुट भएर अघि आउने स्थानीय बासिन्दाहरुलाई मन्जिला तामाङले अपिल गर्दै सम्बन्धित निकायहरुमा जानको लागि जन चेतना संघर्ष समितिले भरपुर सहयोग गर्ने आश्वासन दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *