बन्द कमानका चियाश्रमिकहरूलाई कम्बल वितरण

अलिपुरद्वार : अलिपुरद्वार जिल्ला पुलिसको पहलमा कालचिनी ब्लकको बन्द अवस्थामा रहेको मधु चियाकमानका श्रमिकहरूलाई आज कम्बल वितरण गरियो। यसको साथै श्रमिक परिवारहरूलाई दिउँसोको भोजन पनि गराइयो। आज बन्द मधु चियाकमानका लगभग 300 श्रमिकहरूलाई कम्बल वितरण गरियो।


यस अवसरमा जिल्ला पुलिस अधीक्षक नागेन्द्रनाथ त्रिपाठी, मृदुल गोस्वामी, लताबाड़ी रोगी कल्याण समितिका चेयरम्यान असीम मजुमदार, अतिरिक्त पुलिस अधीक्षक कुन्तल ब्यानर्जी, सान्ताली ग्राम पञ्चायत प्रधान मनोज बरूआलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *