बन्दको विरोधमा हेमिल्टनगञ्जमा तृणमूल-द्वारा र्‍याली

अलिपुरद्वार : अल इन्डिया ट्रेड युनियनले बोलाएको दुई दिने बन्दलाई सफल तुल्याउनको लागि आज पहिलो दिन बन्दका समर्थकहरू हेमिल्टनगञ्ज इलाकाको सडकमा ओर्लिएका छन्। अर्कोतिर, बन्दको विरोध जनाउँदै आज तृणमूल कङ्ग्रेसले एउटा र्‍याली निकालेर हेमिल्टनगञ्जको विभिन्न इलाकाको परिक्रमा गरेर व्यवसायीहरूलाई दोकान खोल्न लगाएपछि व्यवसायीहरूले आ-आफ्नो दोकानहरू खोलेको बताइएको छ। हेमिल्टनगञ्जको सडकहरूमा एक-दुईवटा वाहनहरू चलाचल गरे तापनि यात्री शून्य रहेको देखियो। बन्द अवधि यहाँको सडकहरूमा गैर सरकारी बसहरू चलाचल बन्द रहेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *