बन्दको विरोधमा सडकमा ओर्लिए तृणमूल नेताहरू

सिलगढी : सिलगढीको एउटा नेपाली स्कुलमा अध्ययनरत 11औँ श्रेणीका नाबालिक छात्राको हत्याकाण्डको विरोधमा विश्व हिन्दू परिषदले बोलाएको 12 घण्टा सिलगढी बन्दको प्रतिवाद जनाउँदै आज तृणमूलका केही शीर्ष नेताहरू सडकमा ओर्लिएको देखियो। तृणमूलको तर्फबाट आज बिहान बन्द रहेको दोकानपाटहरूलाई खोल्ने व्यवसायीहरूलाई आहवान गरियो। यसै क्रममा तृणमूल नेता तथा सिलगढी नगरनिगमका मेयर गौतम देव, दार्जिलिङ जिल्ला तृणमूल नेत्री पापिया घोष लगायत अन्य नेताहरूले विधान मार्केट, हिलकार्ट रोड आदि ठाउँहरू परिक्रमा गर्दै तिनीहरूले व्यवसायीहरूलाई दोकानपाट खोलिदिने साथै जनजीवन स्वभाविक बनाइ राखिदिने अपील गरे। यसैगरी, दार्जिलिङ जिल्ला तृणमूल नेत्री पापिया घोषले पुजाको ठिक अघि यसरी बन्द बोलाइनु उचित नरहेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *