बन्दको मौका छोपेर वनभोज खेल्नेहरूको भीड़

सिलगढी : श्रमिक संगठनहरूले बलाएको भारत बन्द अवधि यता सिलगढी सहरलगायत संलग्न क्षेत्रहरूमा आंशिक प्रभाव देखियो भने अर्कोतिर, आज बन्दको फाइदा उठाएर बिहानैदेखि वनभोज खेल्नेहरूको संख्या पनि अधिक देखियो। बन्दको कारण आज सिलगढी सहर तथा वरिपरिका ठाउँहरूमा दोकानपाट अधिकजसो बन्द रहेको देखियो भने सडकमा चल्ने वाहनहरूको संख्या पनि धेरै कम्ती देखियो। बन्दको मौका छोपेर अधिकजसो मानिसहरूले आआफ्ना परिवारका सदस्यहरू तथा साथीभाईहरूसँग वनभोजको आनन्द उठाइरहेको पनि देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *