बन्दको प्रभाव दार्जिलिङ पहाडमा पर्दैन:  विनय तामाङ

सिलगढ़ी: वामफ्रण्टको श्रमिक संगठन अनि काङ्ग्रेस पार्टीले भोली 8 जनवरीको दिन बोलाएको भारत बन्दको दार्जिलिङ पहाड क्षेत्रमा कुनै पनि प्रभाव नपर्ने गोजमुमो अध्यक्ष विनय तामाङले बताएका छन्। तिनले प्रेस विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिँदै गोर्खा जनमुक्ति मोर्चाले सन् 2017 सालमा भएको 105 दिनको बन्द पछि अबउप्रान्त पहाडमा बन्द नगर्ने निर्णय लिएको दावी गरिएको छ। त्यसैले भोली दार्जिलिङ पहाडमा वामफ्रण्टको श्रमिक संगठन अनि काङ्ग्रेस पार्टीले बोलाएको भारत बन्दको कुनै पनि असर नपर्ने तिनले जनाएका छन्। आफुहरू श्रमिक संगठनहरुको साथमा रहेको साथै केन्द्रको भाजपा सरकारको आर्थिक नीतिहरूको बिरोधमा रहे तापनि गोजमुमो (विनय खेमा) ले बन्दलाई समर्थन नगर्ने विज्ञप्तिमा जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *