बन्दको समर्थनमा सडकमा ओर्लिएका भाजपा नेता तथा कार्यकर्ताहरू खोरीबारीबाट पक्राउ

 


खोरीबारी: भाजपाले पश्चिम बंगालमा बोलाइएको 12 घण्टा बन्दलाई समर्थन गर्दै भाजपा नेताहरूले आज खोरीबारी बीडीओ कार्यालयमा ताला लगाइदिएर विरोध प्रदर्शन गरे। यस अवधि भाजपाको सिलगढी साङ्गठनिक जिल्ला युवा अध्यक्ष कञ्चन देवनाथ लगायत अन्य केही नेताहरू पक्राउ परेका छन्।बन्दको समर्थनमा आज बिहान खोरीबारीमा कञ्चन देवनाथको नेतृत्वमा एउटा ऱ्याली पनि निकालिइयो। यसपछि बन्द समर्थकहरूले खोरीबाड़ी बीडीओ कार्यालयको गेट बन्द गरिदिएर धरना प्रदर्शन गरे। उक्त घटनाको खबर पाएर खोरीबारी थानाको विशाल टीम घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूलाई त्यहाँबाट उठाउने प्रयास गर्दा पनि तिनीहरू धरनामा नै अडिग बसे। यसपछि पुलिसले भाजपाको सिलगढी साङ्गठनिक जिल्ला युवा अध्यक्ष कञ्चन देवनाथ, खोरीबारी-बुरागञ्ज मण्डल अध्यक्ष कल्याण प्रसाद लगायत मोठ 11 जनालाई पक्राउ गरेको छ। यसैगरी, यहाँको चैकरमारीबाट पनि भाजपाका बन्द समर्थकहरू 4 जनालाई आज पुलिसले पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *