बन्दको समर्थनमा नक्सलबारीको विभिन्न ठाउँमा सिटुको ऱ्याली

नक्सलबारी: भारत बन्दको समर्थनमा आज सेन्टर अफ् इण्डियन ट्रेड यूनियन (सीटु) को समर्थनमा नक्सलबारीको विभिन्न ठाउँहरूमा ऱ्यालीको आयोजना गरियो। यस ऱ्याली अवधि झरेन राय, माधव सरकार, विकास चक्रवती, राजू सरकार, भानु मल्लिक, अमल बर्मन, प्रणव भट्टाचार्य, राम महन्तो, बेबी राय, सुबीर पाल सहित धेरै संख्यामा कार्यकर्ताहरू उपस्थित थिए। यस अवसरमा विकास चक्रवतीले केन्द्र सरकारले किसानहरूको विरोधमा कार्य गरिरहेको आरोप लगाउँदै  किसानको विरोधमा पारित गरिएको बीलले देशभरिकै किसानहरू चिन्तित रहेको बताए। यसैले बन्दको समर्थनमा नक्सलबारीमा सीटु-को तर्फबाट रेलीको आयोजना गरेर बन्दलाई सफल बनाइएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *