बन्दको समर्थनमा सिलगढीमा मशाल ऱ्याली

सिलगढी : सिलगढीमा आज साँझ वामोर्चा र कांग्रेस अनुमोदित श्रमिक ट्रेड युनियनले भोलि ८ जनवरीको देशव्यापी बन्दलाई सफल बनाउने उद्देश्य लिएर एउटा मशाल ऱ्याली निकाल्यो। उक्त मशाल ऱ्याली अनिल विश्वास भवन माकपा पार्टी कार्यालय अघिबाट शुरू भएर भेनस मोड़, सेभोक मोड़ हुँदै पुनः पार्टी कार्यालय पुगेर समापन गरियो। यस मशाल ऱ्यालीमा सीआईटीयु-का जिल्ला सचिव समन पाठकलगायत वाम मोर्चा र कांग्रेसका विभिन्न श्रमिक संगठनका सदस्यहरू उपस्थित थिए। मशाल ऱ्यालीको माध्यमद्वारा श्रमिक संगठनका सदस्यहरूले भोलि 8 जनवरीको भारत बन्दलाई सबैले सफल बनाइ दिने अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *