बन्दलाई सफल बनाउन फुलबारी बजारमा पिकेटिङ, एसयुसीआई-का केही समर्थक हिरासतमा

राजगञ्ज : भारत बन्दको पहिलो दिन आज राजगञ्जमा त्यत्ति प्रभाव परेको देखिएन। ब्लकको केही ठाउँहरूमा बन्दको सामान्य प्रभाव परे तापनि बन्द अवधि यहाँको सबै दोकानपाट, बजारहरू खुल्लै देखियो। एसयुसीआई-को तर्फबाट फुलबारी बजारमा पिकेटिङ गरियो। फुलबारीमा जोर जबरजस्ती दोकानपाटहरू बन्द गर्न लगाएको आरोपमा पुलिसले केही बन्द समर्थक एसयुसीआई-का कार्यकर्ताहरूलाई हिरासतमा लिएर थानामा लगेको बताइएको छ।


एसयुसीआई नेता मेनुर इस्लामले बताएअनुसार आफूहरूले शान्तिपूर्ण ढङ्गमा विरोध गरिरहेका थियौँ तर पुलिसले एसयुसीआई-का 10 जना कार्यकर्ताहरूलाई हिरासतमा लिएर थानामा लगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *