बन्दलाई सफल पारिदिने श्रमिक नेता समन पाठकको आह्वान

सिलगढी : श्रमिकहरूको 12 सुत्रीय मागलाई लिएर विभिन्न श्रमिक संगठनहरूले भोलि 8 जनवरीको दिन बोलाएको देशव्यापी हडताललाई सबैले समर्थन गरिदिने पूर्व सांसद तथा वामफ्रन्ट श्रमिक संगठन नेता समन पाठकले आहवान गरेका छन्। तिनले बताएअनुसार देशभरिकै श्रमिकहरूले आज भोग्दै आइरहेको विविध समस्याहरूको समाधान गरिनुपर्ने मागलाई लिएर बन्द डाकिएकोले अन्य राजनैतिक दलका श्रमिक संगठनहरूले पनि बन्दलाई समर्थन जनाएको छ। यद्धपि, भाजपा र तृणमूल कांग्रेसले बन्दलाई पूर्ण रूपले सहमत जनाएको छैन।


तृणमूल नेत्री ममता ब्यानर्जीले भोलिको बन्दलाई लिएर दिएको टिप्पणीअनुसार श्रमिकहरूको यी विभिन्न मागलाई आफ्नो पार्टीले समर्थन गर्दछ तर बन्दलाई भने पार्टीले समर्थन नगर्ने जनाइसकेकी छन्। बन्दलाई सफल पार्नको निम्ति वामफ्रन्टलगायत अन्य पार्टीको श्रमिक संगठनहरूले विभिन्न ठाउँहरूमा सभाहरू तथा जुलूसहरूको आयोजना गरेर मानिसहरूलाई जानकारी दिँदै आइरहेकोले गर्दा बन्द सफल हुने पाठकले दावी गरेका छन्। एक प्रश्नको जवाफमा बन्दलाई लिएर पहाडका मानिसहरूले धेरै कष्टहरू भोगिसकेकोले गर्दा नै तिनीहरूलाई बन्द विषयलाई लिएर अधिक दबाउ नदिएको बताए। बन्द अवधि अति आवश्यक सेवाहरूलाई छुट दिएको साथै परीक्षा भइरहेको स्कुल, कलेजहरूलाई पनि यसबाट छुट दिएको तिनले बताए।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *