बन्दलाई सफल पार्न सिलगढीको सडकमा ओर्लियो वामपन्थी बन्द समर्थकहरू

सिलगढी : गत बिहिबार कोलकाताको नवान्न अभियान अवधि वाम र कांग्रेसका छात्र संगठनमाथि पुलिसद्वारा गरिएको बर्बरतापूर्वक लाट्ठीचार्जको विरोध जनाउँदै आज वाम संगठनहरूले बंगालमा 12 घण्टा बन्द बोलाएको छ। कांग्रेसले पनि उक्त बन्दलाई समर्थन गरेको छ। उक्त बन्दलाई सफल बनाउन आज बिहानैदेखि वामपन्थीका छात्र संगठन लगायत अन्य संगठनहरू सड़कमा ओर्लिएका छन्। वाम नेता तथा कार्यकर्ताहरूले आज बिहान बन्दको समर्थनमा सिलगढीको अनिल विश्वास भवन अघिबाट एउटा र्‍याली निकाल्यो। यसपछि तिनीहरूले बाइक र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्नको साथै सहरका विभिन्न ठाउँहरूमा खुल्ला रहेको दोकानहरू बन्द गरिदिए। यसको साथै बन्द अवधि अटो र टोटो लिएर सडकमा निस्केका मानिसहरूलाई पुनः फर्काइ दिए। बन्द समर्थकहरूले अनिल विश्वास भवन अघि भेला भएर उक्त सडक भएर आवत-जावत गरिरहेको वाहनहरूलाई अघि जान दिएनन्। तथापि, सिलगढी थानाको विशाल पुलिस घटनास्थलमा पुगेर बन्द समर्थनकारीहरूलाई सड़कबाट हटाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *