बन्द लङ्भ्यु चियाबारी विषयमा गोजमुमोको डीटीडीपीएलयु-द्वारा श्रम मन्त्रीलाई ज्ञापन

खरसाङ : बन्द अवस्थामा रहेको खरसाङको लङ्भ्यु चियाबारीको विषयमा गोजमुमोको श्रमिक संगठन डीटीडीपीएलयु-ले श्रम मन्त्रीलाई भेटेर आज ज्ञापन चढाएको छ। दार्जीलिङस्थित सर्किट हाउसमा आज बन्द रहेको खरसाङको लङ्गभ्यु चिया कमान विषयमा एउटा लिखित ज्ञापन पत्र श्रममन्त्री बेचाराम मन्नालाई गोजमुमोको श्रमिक संगठन डीटीडीपीएलयु-को केन्द्रिय समिति अध्यक्ष सुरज सुब्बाको अगुवाइमा सुम्पिएको छ।


उक्त ज्ञापनमा विगत 4 अक्टोबरदेखि बन्द रहेको लङ्भ्यु चिया कमान विषयमा विस्तृत रिपोर्ट सुम्पिएको जानकारी प्राप्त भएको छ। उक्त लिखित ज्ञापनपछि श्रम मन्त्रीले डीटीडीपीएलयु-को प्रतिनिधिहरूलाई सकारात्मक आश्वासन दिएको बताइएको छ। श्रम मन्त्रीसितको भेट अवधि डीटीडीपीएलयु लङ्भ्युका सभापति साजन डुम्जन अनि गोजमुमो समष्टी संयोजक हमिङ तामाङको पनि विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *