बन्द मुण्डाकोठी चियाबगान आजदेखि खोलियो

सोनादा: बन्द अवस्थामा रहेको मुण्डाकोठी चियाबगान आजदेखि खोलियो। दार्जिलिङ अर्ग्यानिक टी कम्पनी अधिनस्थ रहेको मुण्डाकोठी चियाबगान गत केही महिनादेखि अचल अवस्थामा रहेको थियो भने उक्त चियाकमानमा नयाँ कम्पनी लेमन ग्रास कम्पनीले लिएपछि आज पुजा अर्चना गरेर यसको शुरूवात गरियो। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल एवम् भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापाको पहलमा बगान सुचारु भएकोमा स्थानीय बगानवासीहरूले हार्दिक कृतज्ञता प्रकट गरेका छन।


क्षेत्रीय सभासद एवम् गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान राजेश चौहानले आज मुण्डाकोठी चियाबगानको कारखाना परिसरमा आजदेखि मुण्डाकोठी चियाबगानको समस्या समाधान भयो भन्दै रङ्गमुक सिडर्स चियाबगानको पनि समस्यालाई चाँढै समाधान गर्नको निम्ति प्रमुख कार्यपाल अनित थापा अनि टीम लागीपरेको तिनले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *