बन्द रहेको होस्टलको कुवाबाट युवकको सड़ेको-गलेको अवस्थामा शव उद्धार

सिलगढी : सिलगढी नगरनिगमको 27 नम्बर वार्ड अन्तर्गत पर्ने ज्योत्सनामयी स्कुलको बन्द अवस्थामा रहेको होस्टलको कुवाबाट एकजना युवकको सड़ेको-गलेको अवस्थामा शव उद्धार भएपछि इलाकामा सनसनी मच्चियो। मृतक युवक टिकियापाड़ा निवासी राज मोहन सुत्रधरको रूपमा चिन्हित भएको छ। उक्त युवक केही दिनदेखि निखोज भएपछि परिवारका सदस्यहरूले यस सम्बन्धमा थानामा अभियोग दर्ता गरेका थिए। प्राप्त जानकारीअनुसार आज बन्द अवस्थामा रहेको होस्टलबाट दुर्गन्ध आएपछि स्थानीय मानिसहरूले यसको जानकारी पुलिसलाई दिएपछि पुलिस घटनास्थलमा पुगेर होस्टलको छानबीन गर्दा कुवाबाट दुर्गन्ध आएको थाहा पाए। यसपछि पुलिसले दमकल विभागलाई घटनाबारे खबर दिएपछि दमकल अधिकारीहरूले कुवाबाट युवकको शव उद्धार गरेको बताइएको छ। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पताल पठाउनको साथै उक्त घटना हत्या हो वा आत्महत्या भन्नेबारे जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *