बन्द सडक चाँडै खोलिने आशामा क्षेत्रवासीहरू

रिम्बिक: रिम्बिक लोधोमा क्षेत्रलाई दार्जिलिङ लगायत अन्य स्थानहरूसँग जोड्ने लोधोमा थाना नजिक लिङ्सेबुङको सडक पैह्रो गएर यातायातमा बाँधित बनेको छ। मानिसहरूको असुविधालाई ध्यानमा राखेर वर्षाको पर्वाह नगरी दुईवटा जेसीबीको सहयोगमा हाल पैह्रो हटाउने कार्य भइरहेकोले गर्दा क्षेत्रवासीहरूले चाँडै नै उक्त सडक खोलिने आशा साँचेका छन्। रमाम हाइड्रोपावर तथा गोजमुमो समष्टि सभापतिको पहलमा उक्त पैह्रो कार्य भइरहेकोले क्षेत्रवासीले चाँडै राहत पाउने भएका छन्। अगस्त महिनाको पहिलो सातामा आएको पैह्रोको कारण उक्त सडक मार्ग ठप्प बन्न पुगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.