वन्दे भारत एक्सप्रेस-को ट्रायल सफल, 30 दिसम्बरदेखि हावड़ा- न्यू जलपाईगढी माझ चलाचल सुरू

सिलगढी (निसं): देशमा अझ एउटा वन्दे एक्सप्रेस-को चलाचल सुरू हुने भएको छ। उक्त वन्दे भारत एक्सप्रेस कलकताको हावड़ादेखि न्यू जलपाईगढी बीच चल्ने छ। यसको लागि आज सोमवार वन्दे भारत एक्सप्रेसको सफल ट्रायल रन गरियो। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 30 दिसम्बरको दिन उक्त हावड़ा-न्यू जलपाईगढी माझ पश्चिम बंगालको पहिलो वन्दे भारत एक्सप्रेस ट्रेनलाई हरियो झन्डा देखाएर यसको सुरूवात गर्ने भएको छ। वन्दे भारत बिहान 5.55 बजे हावड़ाबाट प्रस्थान भएर अपरान्ह 1.25 बजे एनजेपी आइपुग्ने छ। हाल 16 वटा डिब्बा भएको यो आधुनिक ट्रेन 110 किलो मिटर प्रति घन्टाको रफ्तारले चल्नेछ। रेलवेको कटिहार डिभिजनका डीआरएम एसके चौधरीले आज पत्रकारहरूलाई दिएको जानकारी अनुसार केही समयपछि यो ट्रेन 130 किलोमीटर प्रति घन्टाको रफ्तारले दौडिने छ। तिनले अझ भने, स्टपेजलाई लिएर हालसम्म कुनै निर्णय भएको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *