वन्दे भारत एक्सप्रेस ट्रेन न्यू कुचबिहार स्टेशनमा रोकिनु पर्ने मांग गर्दै टीएमसी-ले रेल रोकेर गऱ्यो विरोध प्रदर्शन

कुचबिहार (निसं) : वन्दे भारत एक्सप्रेस ट्रेन न्यू कुचबिहार स्टेशनमा पनि रोकिनु पर्छ भन्ने मांग गर्दै तृणमूल काङ्ग्रेसले आज ट्रेन रोकेर विरोध प्रदर्शन गऱ्यो। आगामी 25 मईदेखि न्यू जलपाइगढीबाट गुवाहटीसम्म बन्दे भारत एक्सप्रेस ट्रेन शुरू हुने भएको छ। उक्त रेल परिसेवा शुरू हुन अगावै रेलवे विभागको तर्फबाट जारी गरेको एउटा सूचीमा न्यू कुचबिहार स्टेशनमा वन्दे भारत एक्सप्रेस ट्रेनको स्टपेज नरहेको उल्लेख गरिएको बताइएको छ। यसलाई लिएर रेल परिसेवा शुरू हुन अगावै विवाद अनि आन्दोलन शुरू भइसकेको छ। आज मंगलवार कुचबिहार जिल्ला तृणमूल काङ्ग्रेसका कार्यकर्ताहरू साथै समर्थकहरूले न्यू कुचबिहार स्टेशनमा धरना प्रदर्शन गर्नको साथै न्यू कुचबिहार स्टेशनमा बन्दे भारत एक्सप्रेस ट्रेन रोकिनु पर्ने मांग गर्दै ट्रेनहरू रोके। यस अवसरमा जिल्ला तृणमूल काङ्ग्रेस अध्यक्ष अभिजीत दे भौमिकले भने, कुचबिहार जिल्ला उत्तर बंगालको सबैभन्दा पारम्परिक जिल्ला हो। यसैबीच, कुचबिहारलाई मुख्यमन्त्रीले हेरिटेज टाउन बनाउने भएको छ। तथापि, बन्दे भारत एक्सप्रेस ट्रेन न्यू जलपाइगढी -गुवाहटी बीच चल्ने भएको छ तर न्यू कुचबिहारमा यसको कुनै कोई स्टपेज छैन। यसले गर्दा कुचबिहारका मानिसहरूलाई यसबाट वञ्चित गरिएको तिनले बताए। भाजपा विधायकले विभिन्न मुद्दामा केवल नाटक मात्र गरिरहेको आरोप लगाउँदै तिनले भने, यदि बन्दे भारत एक्सप्रेस ट्रेनको कुचबिहारमा स्टपेज नदिए यसको मांगमा पार्टीले अझ वृहत आन्दोलन गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *