वन्दे भारत ट्रेनबारे बेलाकोवा स्टेशनमा जागरूकता कार्यक्रम

राजगञ्ज : पूर्वोत्तर भारतको पहिलो वन्दे भारत एक्सप्रेस एनजेपी-गुवाहाटी रूट भएर चाँडै चलाचल गर्नेछ। यसैबीच आज राजगञ्जको बेलाकोवा स्टेशनमा वन्दे भारत ट्रेनबारे एउटा जागरूकता कार्यक्रमको आयोजना गरियो। स्मरण रहोस्, रेलवेको तर्फबाट स्थानीय प्रशासनलाई साथमा लिएर वन्दे भारत ट्रेन रूट अन्तर्गत स्टेशनमा जागरूकता कार्यक्रमको आयोजना गरिरहेको छ। यसै क्रममा आज बेलाकोवा स्टेशनमा पनि जागरूकता कार्यक्रम अवधि स्थानीय मानिसहरूलाई ट्रेनको गति तथा सम्भावित खतराहरूबारेमा जागरूक गराइयो। कार्यक्रममा आरपीएफका वरिष्ठ अधिकारी अब्दुल गनी फारूक एवम् राजगञ्जका विधायक खगेश्वर रायले आ-आफ्नो वक्तव्य राखे। यस अवसरमा जलपाईगढी आरपीएफ इन्स्पेक्टर विश्वनाथ मार्डी, पञ्चायत समिति अध्यक्ष पूर्णिमा राय, राजगञ्जका बीडीओ पंकज कोनार, शिकारपुर अञ्चल उप-प्रधान अमलेन्दु भौमिक लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *