वन्दे भारत ट्रेनमा फेरि ढुङ्गाले प्रहार, यात्रीहरूको सुरक्षालाई लिएर उठ्यो प्रश्न

सिलगढी : एकपल्ट फेरि वन्दे भारत ट्रेनमा ढुङ्गाले हिर्काएको घटना अघि आएको छ। यसलाई लिएर वन्दे भारत ट्रेनमा 4 पल्ट ढुङ्गाले हिर्काइसकेको छ। आज हावड़ाबाट एनजेपी आउने क्रममा वर्द्धवानदेखि चन्दनपुरबीच वन्दे भारत ट्रेनमा ढुङ्गाले प्रहार गरेको बताइएको छ। ढुङ्गाले हिर्काउँदा ट्रेनको सी5 कोचको झ्यालको सिसा फुटेपछि ट्रेनमा सवार यात्रीहरू डराएर तत्कालै अन्य ठाउँमा गए। हावड़ा-न्यू जलपाईगढीबीच वन्दे भारत ट्रेन चलाचल शुरू भएको केही दिनको अवधिमै उक्त ट्रेनमा 4 पल्ट ढुङ्गाले हिर्काइसकेको छ। वन्दे भारत ट्रेनमा बारम्बार ढुङ्गाले हिर्काएको घटनाले गर्दा केही मानिसहरूले ट्रेनमा यात्रीहरूको सुरक्षालाई लिएर प्रश्न चिन्ह खडा गरेका छन्। स्मरण रहोस्, प्रधान मन्त्री नरेन्द्र मोदीले गत 30 दिसम्बरमा देशको सातौँ वन्दे भारत ट्रेनको उद्घाटन गरेका थिए। यसपछि गत 2 जनवरीमा वन्दे भारत ट्रेनमा ढुङ्गाले हिर्काउँदा ट्रेनको सी13 कोचको एउटा दैलोको सिसा फुटेको थियो। यस घटनापछि पूर्वोत्तर रेलवेले अभियोग दर्ता गरेको थियो। ढुङ्गाले हिर्काएको दोस्रो दिन लगत्तै गत 3 जनवरीमा फेरि उक्त ट्रेनमा ढुङ्गाले प्रहार गरेको थियो। यस घटनापछि एनजेपीमा आरपीएफ र जीआरपीका अधिकारीहरूमाझ उच्च स्तरीय बैठक सम्पन्न भयो। सुरक्षाको लागि एउटा व्हाट्सएप ग्रुप पनि बनाएको छ। रेलवेको कठोर नजरदारीमाझ हिजो 8 जनवरीमा फेरि बारोसई रेलवे स्टेशन नजिक वन्दे भारत ट्रेनमा ढुङ्गाले हिर्काएको थियो भने आज फेरि बर्द्धवानदेखि चन्दनपुरबीच ट्रेनमा ढुङ्गाले हिर्काएको बताइएको छ। घटनापछि रेलवे पुलिस र रेलवे विभाग घटनाको जाँचमा जुटेको छ। रेल विभागले दिएको जानकारी अनुसार कसले बारम्बार ट्रेनमा ढुङ्गाले हिर्काएको हो भन्ने विषयमा जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes