बन्दुकसहित दुईजना युवक पक्राउ

कुचबिहार :  बन्दुकसहित दुईजना युवकलाई कुचबिहार पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार एउटा गोप्य सूचनाको आधारमा कुचबिहार पुलिसले अभियान चलाएर यहाँको माघपला इलाकाबाट प्रशनजीत राय र सौरभ मित्र नाम गरेका दुईजना युवकलाई पक्राउ गरेको छ। तिनीहरूबाट पुलिसले एउटा पाइप गन अनि रबर गन लगायत जिउँदो कार्तुसहरू पनि उद्धार गरेको बताइएको छ। हाल उक्त घटनाको पुलिसले जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *