वनदुर्गा पूजाको उपलक्ष्यमा मन्दिरमा श्रद्धालुहरूको भीड़

सिलगढी (निसं): गत केही दशक अघिदेखि सिलगढी सहर संलग्न बैकुण्ठपुरको घना जंगलमा वनदुर्गा पूजाको आयोजना गर्दै आइरहेको छ। यस वर्ष पनि रीति-रिवाजको साथमा आज बिहानदेखि नै पूजा सुरू गरियो। वन दुर्गा पूजाको उपलक्ष्यमा आज बिहानैदेखि मन्दिरमा उत्तर बंगालका विभिन्न जिल्ला अनि छिमेकी राज्यहरूबाट धेरै संख्यामा मानिसहरू उपस्थित थिए। स्मरण रहोस, प्रत्येक वर्ष पौष महिनाको पूर्णिमा तिथिमा उक्त वनदुर्गा पूजाको आयोजना गर्ने गरिन्छ। उक्त पूजा ब्रिटिशकालमा पनि गर्ने गरिथ्यो। प्रत्येक साल पूजा अबेर राति गरिन्थ्यो तर यसपल्ट पूजा बिहानदेखि नै गरियो। पूजाको उपलक्ष्यमा पूजा कमिटीले भक्तहरूलाई प्रसाद वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.