‘बङ्ग भङ्ग चाई ना’ स्लोगनको साथमा कुचबिहारमा तृणमूल-द्वारा पदयात्राको आयोजना

कुचबिहार : उत्तरबंग अलग राज्य तथा केन्द्र शासित अञ्चल बनाउनुपर्ने मागलाई लिएर हाल राज्यमा राजनैतिक माहौल गर्मिएको छ। यसैबीच पञ्चायत चुनाउलाई केन्द्र गरेर कुचबिहार जिल्ला तृणमूल कङ्ग्रेसले विशेष पहल गरेको छ। बङ्ग भङ्ग चाई ना अर्थात् बङ्गाल विभाजन चाहँदैनौँ स्लोगनको साथमा कुचबिहार जिल्ला तृणमूल कङ्ग्रेसले आज पदयात्राको आयोजना गर्यो। आज बिहान कुचबिहार चकचका हरिमन्दिर इलाकाबाट एउटा पदयात्रा निकालिइयो। उक्त पदयात्रामा कुचबिहार जिल्ला तृणमूल कङ्ग्रेसका सभापति अभिजीत दे भौमिक, जिल्ला तृणमूल कङ्ग्रेसका चेयरम्यान गिरीन्द्रनाथ बर्मन, पूर्व मन्त्री विनय कृष्ण बर्मन लगायत तृणमूलका अन्य नेतृत्वहरू उपस्थित थिए। यस विषयमा कुचबिहार जिल्ला तृणमूल कङ्ग्रेसका सभापति अभिजीत दे भौमिकले भने, बङ्गाल विभाजन गर्ने षड्यन्त्र विरुद्ध एवम् सांसद निशीथ प्रामाणिकले पद त्याग गर्नुपर्ने माग गर्दै आज उक्त पदयात्रा निकालिइएको हो। उक्त पदयात्राले कुचबिहार जिल्लाको 128 वटा ग्राम पञ्चायत तथा एक हजार किलोमिटर पथ परिक्रमा गर्यो। अर्कोतिर, तृणमूलको उक्त पदयात्रालाई भाजपा-ले कुनै महत्व दिन चाहेन। यस विषयमा कुचबिहार दक्षिण विधानसभा केन्द्रका भाजपा विधायक निखिल रञ्जन दे-ले भने, तृणमूलले पहिला आफ्नो पार्टीलाई सम्हालोस्। हाल तृणमूलका धेरैजना शीर्ष नेताहरू जेलमा छन् भने अझ केही नेताहरू जेल जानेछन्। तृणमूलको पदयात्रा नाटक मात्र हो, केही दिन अघि राहुल गाँधीले पनि यस प्रकारको पदयात्रा निकालेका थिए। हाल साधारण मानिसहरू तृणमूलबाट टाढिदैगइरहेकोले गर्दा पञ्चायत चुनाउ अघि मानिसहरूलाई पार्टीप्रति आकर्षित गर्ने उद्देश्य लिएर तृणमूल-ले यस प्रकारको पदयात्रा निकाले हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *