बङ्ग ध्वनि जनसम्पर्क अभियानको मिरिकमा समापन र्‍याली

मिरिक : बङ्ग ध्वनि जनसम्पर्क अभियानको आज मिरिकमा समापन र्‍याली आयोजना गरियो। हिल तृणमूल कांग्रेसले गत 10 दिसम्बरदेखि राज्यभरिमै बङ्ग ध्वनि कार्यक्रम अन्तर्गत जनसम्पर्क अभियान शुरू गरेको थियो भने यसको आज दार्जिलिङ पहाड क्षेत्रमा समापन गरियो। यस अवसरमा मिरिकको बाइपास मोडबाट एउटा र्‍याली निकालेर मिरिक बजार हुँदै मूल सडक भएर कृष्णनगरमा पुगेपछि पथसभामा परिणत भएर यसको समापन गरियो।


मिरिक महकुमा  युवा अध्यक्ष शोभन घिसिङको सञ्चालनमा सम्पन्न भएको पथसभालाई नारी नेत्री तथा वार्ड पार्षद् पुनम विश्व र जिल्ला प्रवक्ता एनबी खवासले सम्बोधन गरे। प्रवक्ता खवासले बङ्ग ध्वनि कार्यक्रम अन्तर्गत जनसम्पर्क अभियानको विविध पक्षमाथि प्रकाश पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *