बङ्गाल-बिहार सिमानाबाट 8 वटा भैँसी सहित 1 पक्राउ

खोरीबारी : बङ्गाल-बिहार सिमानाबाट 8 वटा भैँसी उद्धार गर्नको साथै घटनामा 1 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम हारस टिसाम (25) बताइएको छ। तिनी हरियाणा निवासी हुन्। प्राप्त जानकारी अनुसार गत राति खोरीबारीको बङ्गाल-बिहार सिमानाको चक्करमारी चेकपोस्टमा नाका चेकिङ अवधि खोरीबारी थाना पुलिसले एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 8 वटा भैँसी उद्धार भएको छ। उक्त भैँसीको वैध कागजपत्रबिनै हरियाणाबाट असमतर्फ लगिरहेको थियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *