बङ्गालबाट अलग भए मात्र गोर्खाले न्याय पाउनेछ: अजय एडवाडर्स

दार्जिलिङ: सुकिया बजारको सर्वजनिक भवनमा आज हाम्रो पार्टी-को सांगठनिक सभा सम्पन्न भयो। उक्त सभामा पार्टीका संस्थापक अध्यक्ष अजय एडवाडर्स विशेष रूपमा उपस्थित थिए। सभालाई सम्बोधन गर्दै तिनले भने, हामी बंगालबाट अलग हुनैपर्छ। सत्तामा आउँदा मात्र जनताको राजको कुरा गर्ने पार्टी हाम्रो पार्टी होइन, आज हामी विपक्षीमा बसेर पनि जनताको राज ल्याउने पार्टी रहेको तिनले बताए। एक वर्षको अन्तरालमा हाम्रो पार्टीले पहाडमा धेरै कार्यहरू गरेको छ। आजभन्दा केही वर्ष अघिसम्म कुनै ठेकादारले लापर्वाही गरेको देखेर पनि त्यसको विरोधमा कसैले केही बोल्न सक्दैन थियो किनभने ती ठेकादारहरूको पछि सत्ता दल उभिएको हुन्थे। आज सत्ता दलको नेतृत्वहरूसँग जनता डराउन छोडेको छ। आफ्नो हक र अधिकार खोज्ने युवाहरू थुप्रै निस्कँदैछ। हिज मात्र घर जल योजनाको कार्यमा लार्पवाही गरेकोमा युवा भाइहरूले विरोध जनाउँदै थिए। जनताले अहिले यसरी खुला रूपमा विरोध जनाउन सक्ने भएको छ, जनताको राज भनेको नै यै हो भनी अध्यक्ष एडवाडर्सले बताए। तिनले अझ भने, पहाडमा पञ्चायत चुनाउ हुने तय भइसकेको छ। हाम्रो भाइ बहिनी एवम् दाजु दिदीहरूले सबै पहाडहरूवासीलाई पञ्चायत चुनाउको महत्व कति छ भन्ने बुझाउने दिशामा काम गर्ने अध्यक्ष एडवाडर्सले सबैसित आहवान गरे। आजभन्दा धेरै वर्ष अघि पहाडमा चुनाउ हुने गर्थ्यो भन्ने हामीले सुनेको थियौ।


गत 2000 सालमा एक स्तरीय पञ्चायत चुनाउ पहाडमा भएको थियो। त्यसपछि फेरि पहाडमा पञ्चायत चुनाउ भएको छैन। पहाडमा पञ्चायत चुनाउ नभएको कारणले गर्दा पहाडका ग्रामीण क्षेत्रहरूमा सरकारको विकास पुग्न सकेको छैन। बुनियादी विषयहरूसँग पहाडका ग्रामीणहरू वञ्चित हुन पुगेको छ। दार्जिलिङ गोर्खा पार्वतीय परिषदको गठन भएपछि पहाडवासीले अब पहाडको ग्रामीण क्षेत्रहरूमा पनि विकास पुग्ने रहेछ भन्ने सोचेका थिए। बेरोजगारको अन्त हुन्छ भन्ने सोचेका थिए। आजभन्दा धेरै वर्षअघि हाम्रा बाजे-बोज्युहरूले बाटो, पानी, बिजुली, बेरोजगार आदि जस्ता समस्याहरूको समाधान हुने सोचेका थिए तर आज पनि पहाडवासी त्यहीँ समस्याहरूसित जुझिरहेका छन्। अब हुने पञ्चायत चुनाउमा भ्रष्टाचारहरूलाई पराजय गरेर पहाडमा जनताको राज ल्याउन पर्छ। सरकारले शहरीय क्षेत्रका गरिब परिवारका निम्ति घरहरूको निर्माणको योजना जारी गरेको थियो तर गरिब परिवारहरूको बद्ली बिल्डिङ हुनेहरूले त्यहीँ बिल्डिङमाथि नै बिल्डिङ थप्ने काम गरेको छ। ग्रामीण क्षेत्रमा पञ्चायत नभएको कारणले गर्दा सरकारले बोर्डको माध्यमद्वारा गरिबहरूको निम्ति घर निर्माणको योजना पुरार्‍याने प्रयास गरेको थियो तर त्यसमा पनि धेरै भ्रष्टाचार भएको अध्यक्ष एडवाडर्सले आरोप लगाए। पानीमा पैसा खानु हुँदैन, शिक्षामा पैसा खानु हुँदैन, स्वास्थ्यमा पैसा खानु हुँदैन भन्दै अध्यक्ष अजय एडवाडर्सले बताए। जनताको दुख देख्दा मलाई मेरो आँखामा आँशु आउँछ, त्यसैले मेरो यस्तो अवस्थाको कतिपय मानिसहरूले हाँसो समेत उडाउने गर्छ तर मलाई मानिसहरूले जेसुकै भनोस्, कुनै फरक पर्दैन। यो मेरो जनताप्रतिको माया हो, हामी समस्त दार्जिलिङवासी एवम् गोर्खाहरूले न्याय पाउनै पर्छ, बंगालदेखि अलग हुनैपर्छ भनी अध्यक्ष अजय एडवाडर्सले बताए। आजको सभामा केन्द्रीय नेतृत्वहरूमा पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भुटिया, दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 12 का नगरपाषर्दिका सुष्मा तामाङ लगायत अन्य केन्द्रीय नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *