बङ्गाल विभाजन गरिने कुराको विरोधमा अल इन्डिया नमःशुद्र विकास परिषद्-द्वारा सिलगढीमा प्रतिवाद र्‍याली

सिलगढी : बङ्गाल विभाजनको विरोध जनाउँदै अल इन्डिया नमःशुद्र विकास परिषद् आज सडकमा ओर्लिएको छ। संगठनको तर्फबाट आज सिलगढीको एयरभ्यू मोडबाट एउटा प्रतिवाद र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्दै बंगाल विभाजनको विरोध जनाए। उक्त र्‍यालीको नेतृत्व नमःशूद्र विकास परिषदका अखिल भारतीय अध्यक्ष मुकुल बैराग्यले गरेका थिए। आजको र्‍यालीमा 8 वटा राज्य एवम् पश्चिम बंगालको विभिन्न जिल्लाका प्रतिनिधिहरूले अंश ग्रहण गरेका थिए। नमःशूद्र विकास परिषदका अखिल भारतीय अध्यक्ष मुकुल बैराग्यले भने, गत केही महिनादेखि उत्तर बंगाललाई बङ्गालबाट अलग्गै गर्ने षड्यन्त्र चलिरहेको छ। आफूहरूद्वारा यसको तीव्र प्रतिवाद जनाउँदछौँ। बङ्गाललाई विभाजन गर्ने षड्यन्त्रलाई आफूहरूले स्वीकार नगर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *