बङ्गाल विभाजनको षड्यन्त्रविरुद्ध बङ्गाली छात्र तथा युवा समाजद्वारा धरना

सिलगढी : बङ्गाल विभाजनको षड्यन्त्रविरुद्ध बङ्गाली छात्र तथा युवा समाजले आवाज उठाएको छ। सिलगढीको मुख्य डाकघर अघि आज संगठनका सदस्यहरूले धरना प्रदर्शन गरे। बङ्गाल विभाजन गर्ने षड्यन्त्र गरेको आरोप लगाउँदै आज बङ्गाली छात्र समाज तथा बङ्गाली युवा समाजले संयुक्त रूपमा धरना प्रदर्शन गर्यो। प्रदर्शनकारीहरूले विभिन्न नाराबाजी साथै गीतको माध्यमद्वारा बङ्गाल विभाजन गर्न नदिने भन्दै विविध मागहरू पनि उठाए। उक्त विक्षोभ प्रदर्शन केही समयसम्म चल्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *