बंगाल विभाजनको षड्यन्त्रविरुद्ध भोलि सिलगढीमा तृणमूल-को जनसभा

सिलगढी : बंगाल विभाजनको षड्यन्त्रविरुद्ध भोलि शनिबार दार्जिलिङ जिल्ला समतल महिला एवम् युवा तृणमूल कङ्ग्रेसको तर्फबाट सिलगढीको बाघाजतिन पार्कमा जनसभाको आयोजना गर्ने भएको छ। दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसकी सभानेत्री पापिया घोष, सिलगढीका मेयर गौतम देव, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसकी महिला सभानेत्री मिल्ली सिन्हा, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका युवा अध्यक्ष निणर्य रायले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। यस सम्बन्धमा पापिया घोषले भनिन्, भोलि आयोजना गरिने जनसभामा दार्जिलिङ जिल्लाका समर्थकहरू लगायत जलपाईगढी, अलिपुरद्वार र कुचबिहारका समर्थकहरूले पनि अंश ग्रहण गर्नेछन्। उक्त जनसभामा मुख्य वक्ताको रूपमा युवा तृणमूल कङ्ग्रेस नेत्री सयानी घोष उपस्थित रहनेछ। बंगाल विभाजनको षड्यन्त्रविरुद्ध आफूहरूले भोलि विरोध सभा गर्ने भएका छौँ। उक्त जनसभामा लगभग 25 हजार कार्यकर्ता तथा समर्थकहरूले सामेल हुने तिनले आशा व्यक्त गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelerbetticketmobilbahisjojobetjojobet girişjojobet girişJojobetJojobetkargabetperabetimajbetJojobetJojobetJojobetjojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes