बङ्गाल-बिहार सिमानाबाट 38 वटा गाई-गोरू सहित 2 जना पक्राउ

खोरीबारी: खोरीबारीको बङ्गाल-बिहार सिमानाको चक्करमारीमा 38 वटा गाई-गोरू सहित 2 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू उत्तर दिनाजपुर जिल्लाको दालखोला निवासी किताब अली (43) र अजय दास (25) सामेल छन्। प्राप्त जानकारी अनुसार गत राति चक्करमारीमा नाका चेकिङ अवधि एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 38 वटा गाई-गोरू उद्धार गरेको बताइएको छ। उद्धार गरेको गाई-गोरूको वैध कागजपत्र देखाउन नसकेपछि खोरीबारी थाना पुलिसले ट्रक चालक र खलासीलाई पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *