बंगाल हिमालयन कार्निभल 5 फरवरीदेखि

सिलगढी : जाडोको मौसममा दार्जिलिङ पहाड़ र डुवर्समा बंगाल हिमालयन कार्निभलको आयोजना गरिने भएको छ। हिमालयन हसपिटियालिटी एन्ड टुरिज्म डेभलपमेन्ट नेटवर्कको पहलमा तथा पर्यटन विभागको सहयोगमा आगामी 5 देखि 7 फरवरीसम्म बंगाल हिमालयन कार्निभलको आयोजना गरिने भएको छ। राज्यका पर्यटन मन्त्री गौतम देवले आज उक्त कार्निभल-बारे आयोजकहरूसित एउटा बैठक पनि गरे। दार्जिलिङ, कालेबुङ, डुवर्समा पनि उक्त कार्निभलको आयोजना गरिने भएको छ। विभिन्न सांस्कृतिक कार्यक्रम लगायत आकर्षणीय पहलहरू गरिने भएको छ। गजलडोबामा आगामी 7 फरवरीको दिन बर्ड म्याराथानको आयोजना गरिने भएको छ। उक्त म्याराथानमा अंश ग्रहण गर्नेहरूले नौका विहार गरेर चरा-चुरूङ्गीहरूको तस्विर लिन पाउनेछन्। बर्ड म्याराथानमा विजय हुनेहरूलाई पुरस्कार प्रदान गरिने भएको छ। यसबाहेक पहाड़मा एउटा हेरिटेज वक-को पनि आयोजना गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *