बंगाली पहिलो बैशाखको दिन आज मन्दिरमा भक्तहरूको भीड़

सिलगढी: आज बंगाली समुदायको पहिलो बैशाख अर्थात नयाँ वर्ष हो।  यसैलाई ध्यानमा राखेर सिलगढी सहरमा पनि आज बिहानैदेखि विभिन्न कार्यक्रमको माध्यमद्वारा बंगाली नयाँ वर्ष पालन गरिँदैछ। वर्ष 1428 लाई विदा दिँदै बंगाली समुदायका मानिसहरूले नयाँ वर्ष 1429 लाई स्वागत जनाइरहेका छन्। नयाँ वर्षको पहिलो दिन आज शहरको विभिन्न मन्दिरहरूमा आज बिहानैदेखि भक्तहरूको भीड देखियो। मानिसहरूले बिहान मन्दिरमा पुजा-अर्चना गरेर नयाँ सालको शुरुवात गरिरहेका छन्। यसको साथै आज बिहानदेखि नै सिलगढीको विभिन्न बजारहरूमा मानिसहरूको भीड़ अधिक रहेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *