बंगालका भाजपा प्रभारी शिव प्रकाशसँग गोजमुमो बिमल खेमा टोलीको भेटवार्ता

नयाँ दिल्ली: भाजपाको राष्ट्रिय संयुक्त सचिव एवं बंगालका भाजपा प्रभारी शिव प्रकाशसँग आज दिल्लीमा गोर्खा जनमुक्ति मोर्चा (बिमल गुरूङ खेमा)-को एउटा शीर्ष प्रतिनिधि टोलीले भेटवार्ता गऱ्यो। यस भेटवार्ता अवधि प्रतिनिधिहरूले शिव प्रकाशसँग भाजपाको संकल्प पत्रमा भएको “स्थायी राजनैतिक समाधान” तथा “छुटेका 11 जातलाई जनजातिको मान्यता प्रदान” विषयमा विस्तृत कुराकानी गर्नको साथै एउटा ज्ञापन पनि बुझाइएको बताइएको छ। यसपछि भाजपा नेता शिव प्रकाशले यस विषयमा केन्द्र सरकारको गृहमन्त्री अमित शाहासँग छलफलहरु भइरहेको उक्त टोलीलाई जानकारी गराउनको साथै आउँदो दिनमा यस विषयको समाधानको निम्ति सरकारले चाँड़ो पदक्षेप लिइने टोलीलाई अवगत गराएको जारी विज्ञप्तिमा दावी गरिएको छ। गोर्खा जनमुक्ति मोर्चाको प्रतिनिध टोलीको नेतृत्व नारी मोर्चा नेत्री श्रीमति उर्मिला रुम्बाले गरेकी थिइन् भने टोलीमा डा. बिनु सुन्दास, अनिल लोप्चन, बिनोद खालिङ आदि पनि सामेल रहेको जानकारी विज्ञप्तिमार्फत दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *